मन्त्रिपरिषदको बैठक अपरान्ह बालुवाटामारमा बस्दै

काठमाडौं, १७ जेठ । मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ५ बजेपछि बैठक बस्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो । नियमित बैठक भएकाले कोभिड समस्या समाधानका विषय तथा मन्त्रालयका नियमित कामकाजका विषय बैठकको एजेण्डा हुनसक्ने मन्त्री ढकालले जानकारी दिनुभयो । गत शनिबार मात्र आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको सरकारले कोभिड नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गरेको छ ।

जनस्वास्थ्यविदहरुले कोभिड नियन्त्रणका लागि खोप अनिवार्य रहेको सुझाव दिइरहेकाबेला सरकारले विभिन्न देशसँग खोप खरिदको प्रक्रिया अगाडि बढाइरहेको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पनि विभिन्न देशका समकक्षीहरुसँग खोपका लागि पत्राचार गरिरहनुभएको छ । सरकारले कोभिड खोपका लागि बजेटमा पनि यथोचित रकम विनियोजन गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board