प्रधानन्यायाधीश जबरा र सर्वोच्च बारका पदाधिकारीबीच छलफल

काठमाडौँ, १८ जेठ । संवैधानिक इजलास गठनबारे भएको विवादका बारेमा कुरा गर्न सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट्न गएका छन् ।

एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, सचिव ऋषिराम घिमिरे, सदस्यहरू अनन्तराज लुइँटेल र विकास भट्टराई प्रधानन्यायाधीश जबरालाई भेटन् गएका हुन् ।

अध्यक्ष शाक्यले इजलास गठन विवादरहित बनाउन भनेर प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउन गएको बताए । अहिले पनि प्रधानन्यायाधी जबरा र एसोसियसनका पदाधिकारीबीच छलफल भइरहेको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि गठन गरिएको संवैधानिक इजलासमा न्यायाधीशद्वय तेजकुमार केसी र बमकुमार श्रेष्ठलाई राखिएको भने रिट निवेदकका तर्फका वकिलहरूले प्रश्न उठाएका छन् ।

नेकपाको आधिकारिकतासम्बन्धी मुद्दाको सुनुवाइ गरेकाले केसी र श्रेष्ठ अहिलेको इजलासमा बस्न नहुने उनीहरुको तर्क रहेको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा मंगलबार पनि यसअघिकै संवैधानिक इजलासलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, डा। आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास तोकेका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board