एमालेको अनौपचारिक छलफल विफल, स्थायी कमिटिले थप १२ नेतालाई निस्काशन गर्ने

काठमाडौं १ जेठ । पार्टी एकता कसरी जोगाउने भन्दै नेकपा एमालेको स्थायी कमिटी बैठक दुई दिन रोकेर सोमवार सराती दरबारमार्गको याक एण्ड यती होटलमा भएको दुई पक्षीय छलफल असफल भएको छ ।

पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउने कि वर्तमान अवस्थामा एडजस्ट भएर अघि बढ्ने भन्ने विषयमा कुरा मिल्न नसकेको नेता तथा अर्थमन्त्री विष्णु पौडेलले बताए ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट दोस्रो तहका नेताहरु छलफलमा सहभागी भएका थिए ।

एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले झण्डै ५ घण्टा छलफल भएपनि कुनै सहमति हुन नसकेको बताए ।

‘ नेम्वाङ का अनुसार सहमतिको लागि छलफल सकारात्मक भएपनि कुनै निष्कर्षमा पुग्न भने बैठक सकेन ।
बैठकमा संस्थापन पक्षबाट संगठन विभाग प्रमुख विष्णु पौडेल, नेम्वाङ र प्रदीप ज्ञवाली सहभागी थिए भने नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल र योगेश भट्टराई सहभागी थिए ।
बैठकमा नेपाल पक्षले पूर्ववत जेठ २ मा फर्किनुपर्ने यसअघिको अडानमै नै दोहराएको थियो । जबाफमा विभिन्न विकल्प दिएको संस्थापन पक्षले जेठमा २ मा भने फर्कन नसक्ने स्पष्ट गरेको थियो ।
एकपटक दुई पक्षीय छलफल गरेर मात्र पार्टीको स्थायी कमिटि बैठक गर्ने भन्दै आइतबा र सोमवार गरी दुई पटक बैठक रोकिएको थियो । यस अघि नै झलनाथ खनाल, माधव नेपाल, भीमरावल लगायत ११ जनालाई साधारण सदस्यता समेत नरहनेगरी कारवाही गरिसकेको छ । आज बस्ने बैठकले थप १२ जनालाई कारवाही गर्ने तयारी गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board