जसपाबाट ठाकुर महतो, कर्ण र शुक्ला निश्काशित, दुवै पक्षले आआ–फ्ना पार्टी बनाउने तयारीमा

काठमाडौं १ जेठ । जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरिएको छ।

मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गरेको अध्यक्ष उपेन्द्र यादवले बताए ।
चारै जनाले पार्टी हितविरोधी क्रियाकलाप गरेकाले निश्काशनगरेको र सोको जानकारी निर्वाचन आयोगलाई गराइसकिएको नेता मोहमद इस्तियाका राइले बताए ।
हामीले काठमाडौंमा उपलब्ध सदस्यको बैठक बसेर आज उनीहरूलाई पार्टी सदस्यबाटसमेत निष्कासन गरेर यसबारे निर्वाचन आयोगलाईसमेत जानकारी गराइएका छौं’ उनले जानकारी दिए ।

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्रयादव पक्षले यसअघिनै अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई दुई पटक स्पष्टिकरण सोधेको थियो। तर उनीहरुले स्पष्टीकरणको जबाफ दिनुको साटो सञ्चारमाध्यमामार्फत उनीहरुलाई नै स्पष्टीकरण सोधेको प्रचार गरेको यादव पक्षले आरोप लगाएको छ ।
भट्टराई–यादव पक्षले वर्तमान सरकारमा सहभागी हुने जुनसुकै नेतालाई पार्टीबाट निष्कासन गर्ने यस अघि नै चेतावनी दिएको थियो । ठाकुर पक्ष भने ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित ओली सरकारमा सहभागी हुन तयार भएको छ ।
५१ सदस्यीय कार्यकारीणी समिति सदस्यमध्ये यादव पक्षमा ३१ जनाको स्पष्ट बहुमत रहेको छ । यदव पक्षले निश्काशन गरेपछि के गर्ने भन्ने बारेमा ठाकुर पक्षले पनि बबहर महल स्थित कार्यालयमा आफूनिकट नेताहरुको छलफल बोलाएको एकजना केन्द्रीयस सदस्यले बताए ।
यो कारवाहीसगै दुवै पक्षले एक वर्ष पहिले एकीकृत हुनु पहिलेकै पार्टी चलाउने निश्चित भएको बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board