विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन

काठमाडौँ, १८ जेठ । विवकेशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक उज्वल थापाको निधन भएको छ । उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले बताएका छन् । केहीदिनअघि कोरोना संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका ४४ वर्षीय थापा सामाजिक उत्प्रेरकका रुपमा समेत चिनिन्छन् । कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएपनि अन्तिम पटक गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board