प्रदेश सांसद बैद्यले दिए प्रधानमन्त्रीलाई हत्याको धम्की, आत्मालोचना गर्न कांग्रेसको निर्देशन

काठमाडौं, २९ जेठ । वाग्मती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीलाई मार्ने धम्की दिएका छन् ।

शुक्रबार सांसद वैद्य प्रधानमन्त्री केपी शर्मा ओलीलाई यत्तिकै छोड्नु नहुने भन्दै नाथुराम गोड्से आवश्यक परेको बताएका थिए ।

काठमाडौं क्षेत्र नं. ४ क बाट काँग्रेसबाट निर्वाचित वैद्यले प्रधानमन्त्री ओली सत्ता बचाउन जे पनि गरिरहेकाले नेपाल बचाउन उनका लागि कोही नाथुराम गोड्से बन्न पर्ने बताएका छन् । अरू कोही नबने आफू गोड्से बन्न तयार रहेको उनले बताएका छन् ।

‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि,’ उनले थपे, ‘कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि रु म बन्ने कि रु ‘

ओलीलाई मार्ने षडयन्त्र भएको भन्दै वैद्यको अभिव्यक्तिको चर्को आलोचना भएको छ । कांग्रेस प्रवक्ताले शब्द फिर्ता लिएर आत्मालोचना गर्न वैद्यलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न , आवेगको बोली र ब्यवहार ञभावनात्मक उत्तेजनाझ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ,,, अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन ।’

त्यस्तै एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्री ओलीको सुरक्षा गर्न जे पनि गर्न तयार रहेको भन्दै कारवाहीको माग गरेका छन् ।

उनले भनेका छन्– ‘माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु भनेर कांग्रेसको नरोत्तम बैद्यले प्रदेश शभामा खुल्लम खुल्ला बोलिरहेका छन् । यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board