नाली सरसफाई नहुँदा डुवानको चपेटामा बागलुङ बजार

काठमाडौं, १ असार।  निरन्तरको वर्षातको कारण बागलुङ बजारमा बाढी पसेको छ । बागलुङ बजारका विभिन्न चोकका नाली व्यवस्थित गर्न नसकेको कारण बागलुङ बजार जलमग्न भएको हो । बागलुङ नगरपालिका वाड नम्वर ३ रातामाटा देखि वग्ने चौलानिखोलामा आएको भेल बागलुङ बजारमा छिरेपछी नालीले धान्न नसकेपछि बागलुङ बजार जलमग्न भएको छ ।

बागलुङ बजारमा अव्यवस्थित घर निर्माण तथा सडकनाली थुनिदा बागलुङ बजार जलमग्न भएको छ । निर्माणानिध मध्यपहाडी लोकमार्गमा काम प्रभावकारी नहुदा समस्या भएको हो । गएराती देखी आफुहरुको घर जोखिममा पर्दा पटक पटक नगरपालिकालाई जानकारी गराउदा समेत व्यवास्ता गरेको स्थानिय धनवहादुर कार्कीले बताए ।

अहिले बागलुङ बजारको मुख्य क्षेत्र शिवधाराचोक, लालीगुराँस चोक, पुरानो गोदाम चोक डुवानमा परेको छ । वर्षाको कारण बागलुङ नगरपालिका वडा नम्वर २,३ र ४ नम्वरको बजार क्षेत्र प्रभावित भएको छ ।

सडक डुबान हुँदा एक दर्जन भन्दा बढी घर तथा पसल भित्र पानी पसेर क्षती पुर्याएको छ । नगरपालिकाले नालि व्यवस्थापनका लागि वर्षेनी बजेट विनियोजन गर्दै आएपनि सडक नाली अझै व्यवस्थित हुन सकेको छैन । नगरपालिकाको नेतृत्वको उदासीनता कारण यस्तो समस्या आएको बागलुङ नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष धुर्व वहादुर केसीले बताए । आफुले पटकपटक नगरकार्यापालिकाको बैठकमा नालि सरसफाइको कुरा उठाएपनि नगरपालिकाको सिङ्गो प्रशासनको लाचारीपनका कारण नागरिकले डुवानको सास्ती खेप्न बाध्य भएको केसिले गुनासो गरे ।

बजार क्षेत्रमा अव्यवस्थित रुपमा निर्माणधीन घरले नाली व्बुझ्ने, नालीमा निर्माण सामाग्री राख्दा नाली थुनिएर झनै समस्या आएको छ । स्थानीयले नालीमा जथाभावी फोहोर फाल्ने, निर्माण सामाग्री राख्ने जस्ता कार्य गर्दा समेत नगरपालिकाले नियमन नगरेको कारण समस्या सृजना भएको छ ।अहिले बागलुङ बजारका अधिकासं सडक जलमग्न भएको छ भने हालै मात्र निर्माण गरिएको कालोेपत्रे सडक समेत उक्किन थालेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board