जसपा विवाद पुन : निर्वाचन आयोग पुग्ने

काठमाडौं । अध्यक्ष उपेन्द्र यादव पक्षले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल जसपा ले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ ।

पार्टीको आज भएको कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको समितिका सदस्य मोहम्मद इश्तियाक राईले जानकारी दिए । सत्तासमीकरणमा दुई पक्षमा विभाजन जसपाको एउटा समूहको नेतृत्व अध्यक्ष यादव र अर्को पक्षको नेतृत्व अर्का अध्यक्ष महन्थ ठाकुरले गरेको छन् । ठाकुर नेतृत्वको समूह अहिले सरकारमा सहभागी छ । दुवै पक्षले एकार्कालाई कारबाही गरेर पार्टीबाट निस्कासन गरेपनि निर्वाचन आयोगले मान्यता दिएको छैन । सोही कारण यादव पक्षले पुनः पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा जाने निर्णय गरेको हो । बैठकबारे ठाकुर पक्षलाई भने कुनै जानकारी गराइएको थिएन । अध्यक्ष ठाकुरले बुधबार विज्ञप्ति निकालेर यादव पक्षले बोलाएको बैठक अवैधानिक र अनाधिकृत रहेकाले त्यस्तो बैठकमा सहभागी नहुने जनाएको थियो ।

बैठकले लुम्बिनी प्रदेशमा संसदीय दलको ह्वीप उल्लघंन गरेका चारजना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । त्यस्तै, सरकारले बजेटमै गिटी, बालुवा निकासी गर्न उल्लेख गरेको विषयलाई फिर्ता लिन आग्रह गरेको छ । बैठकले बाढी पहिरोका घटनाका पीडितहरुलाई उद्धार गर्न तथा तत्काल राहत प्रदान गर्न सरकारलाई आग्रह गरेको छ । बैठकले पीडितको उद्धार कार्यमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनेसमेत निर्णय गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board