विदेश भ्रमणमा जाँदा यी २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो ।

ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी, वी एण्ड वी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज रहेको मन्त्रालयले जनाएको छ । यस्तै, नेशनल मेडिकल कलेज, युर्निभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल, काठमाडौँ युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल, नोवेल मेडिकल कलेज विराटनगर, न्यूरोकार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर, लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरलाई मान्यता दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयअनुसार सरकारी अस्पतालका प्रयोगशालाको साथसाथै निजी अस्पतालमा गराएको पिसिआर परिक्षणको रिपोर्टलाई समेत विदेश जानका लागि मान्यता दिने निर्णय गरेको जानकारी दिनुभयो । सहप्रवक्ता अधिकारीले प्रक्रिया पु¥याएका अरु निजी अस्पताललाई पनि क्रमशः मान्यता दिने बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board