जगदम्बा कारखानामा आगलागी, भारतीय २ मजदुरको मृत्यु, ३ जना घाइते

बारा, ५ असार । बाराको जगदम्बा कारखानामा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।
जीतपुरसिमरास्थित जगदम्बा स्टील्समा शनिबार राति पेट्रोल र डजेल भण्डारण गर्ने ट्यांकी वेल्डिङ गरिरहँदा आगलगी भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रकाअनुसार भारत विहार पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको छ ।घाइतेहरुको उपचार वीरगन्जको तराई अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा रहेका ६ मजदुरमध्ये एक जना सुरक्षित रहेको उनले बताए । आगलगीबाट भट्टीमा क्षति भएपनि प्राविधिक अभावले क्षति विवरण एकिन हुन नसकेको उनको भनाइ छ । अहिले आगलागी नियन्त्रणामा आइसकेको बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board