काठमाडौँ उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा (के गर्न पाइन्छ र पाइँदैन )

काठमाडौं, ८ असार । काठमाडौं उपत्यकासहितका जिल्लामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ । काठमाडौंमा आजदेखि जोर-बिजोरका आधारमा निजी गाडी सञ्चालन हुन थालेका छन् । आज मङ्गलवार काठमाण्डौ उपत्यकामा सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, अटोमोबाइल शो–रुम, पार्ट्स पसल, मोबाइल तथा कम्प्युटर पसल खोल्न पाइनेछ । यी पसल आइतवार र बिहीवार पनि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

यसपटक साना सवारीसाधान (कार जीप, भ्यानमा बढीमा चार जना) ट्याक्सीमा तीन जना र मोटरसाइक, स्कुटरमा जोरजोर प्रणाली लागू गरी सञ्चालन गर्ने आदेशमा उल्लेख छ ।

डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी बाहेक) सपिङ मल, खेलकुद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपसान्ह ४ बजेसम्म सञ्चालन गर्न सकिने गरी आदेशमा नयाँ व्यवस्था गरिएको छ ।

सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल, शोरुम अटोमोवाइल पार्टस् पसल, इलेक्टोनिक्स पसल आइतबार मङ्गलबार र बिहिबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ । यो पनि अहिलेको आदेशमा नया व्यवस्था हो ।

के गर्न पाइन्छ ?

१। शैक्षिक संस्थाले अनलाईनमार्फत पठनपाठन गर्न सक्ने छन् । वैदेशिक अध्ययनमा जानुपर्ने विद्यार्थी वा इडिभी परेका व्यक्ति र कूटनीतिक नियोगबाट सञ्चालन हुने परीक्षा तथा भिसा अन्तरवार्ता कार्यका लागि तोकिएको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ ।

२। उद्योग, कलाकारखाना तथा सार्वजनिक र निजी निर्माण कार्य स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ ।

३। औषधी तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै बेला सञ्चालन गर्न सकिने जनाइएको छ ।

४। खाद्यान्न, दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पूजा सामग्री, विक्री वितरण गर्ने पसल, खेलकूद सामग्री पसल, डिपाटमेन्ट स्टोर्स ९ग्रोसरीमात्र०, स्टेशनरी, विहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ ।

६। डिपार्टमेन्ट स्टोर्स ९ग्रोसरी बाहेक० सपिङ मल, खेलकूद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार विहान ११ बजेदेखि अपसान्ह ४ बजेसम्म सञ्चालन गर्न सकिने छ ।

७। सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल, शोरुम अटोमोवाइल पार्टस् पसल, इलेक्टोनिक्स पसल आइतबार मङ्गलबार र बिहिबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ ।

८। निर्माणजन्य सामग्रीको पसल ९हाडवेयस, विजुलीका सामान, स्यानिटरी, टायल, मार्वल, फर्निचर, कार्पेट० दैनिक बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने छ । ठूलो परिमाणको ढुवानी राती मात्र गर्न भनिएको छ ।

९। पसल तथा व्यवसाय सञ्चलान गर्दा कम्तिमा दुई मिटर दूरी कायम गर्ने र अनिवार्य रूपमा स्वास्थ्यका सबै मापदण्ड अवलम्बन गर्नुपर्ने छ । अत्यावश्यक वस्तुको अनलाइन तथा टेकअवे सेवा होमडेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यकामा साँझ सात बजेसम्म सञ्चालन गर्न पाइने छ । सवारीमर्मतका पसल साँझ सात बजेसम्म मात्रै सञ्चालन गर्न भनिएको छ ।

१०। विवाह ब्रतबन्धका कार्य बढीमा १० जनासम्म स्वास्थ्य मापदण्ड अपनाएर घर वा बसेको ठाउँँमा गर्न पाइने छ । यसका लागि दुई वटा सवारी साधान प्रयोग गर्न सकिने छ ।

११। अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत्मर्मत, स्वास्थ्य सम्बन्धीका गाडी, दुरसञ्चार, इन्टरनेटमर्मत, कार्गो, कुरियर, तथा डाँक सेवा, फोहरमैला व्यवस्थापन सम्बन्धी ढुवानीका साधन विषय उल्लेख गरेर सञ्चालन गर्न सकिने छ ।

१२। अत्यावश्यक सामग्री बोक्ने सवारी साधान परिचयपत्रको आधारमा सञ्चालन गर्न सकिने प्रजिअ पराजुलीले जानकारी दिए । निजी सवारीसाधान ९कार जीप, भ्यानमा बढीमा चार जना० ट्याक्सीमा तीन जना र मोटरसाइक, स्कुटरमा जोरजोर प्रणाली लागू गरी सञ्चालन गर्ने आदेशमा उल्लेख छ ।

१३। तरकारी फलफुल दुग्धजन्य पदार्थ, कुखुरा, दाना, चल्ला पशुपक्षीजन्य पदार्थ, खाद्यान्न भेटेरिनरी, इन्धन, ग्यास, सरसफाईमा प्रयोग गर्ने सामान, प्रिन्ट तथा सरकारी छापाखाना, कृषि कार्यका सामग्री ढुवानीका साधन व्यानर राखेर राति ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ । सार्वजनक तथा निजी निर्माण कार्यका लागि राति ९ बजेदेखि विहान ५ बजेसम्म ढुवानी गर्न भनिएको छ ।

१४। भन्सार विन्दुबाट उल्लेख भएका मालबाहक सवारी साधानसम्बन्धीत भन्सार प्रमुखले रुट खुलाइ अनुमति प्रदान गरेमा त्यस्ता मालसामान छुटाउने भन्सार एजेन्ट तथा कर्मचारी उल्लेख गरेको दिन र स्थानसम्म आवातजावन गर्न पाउने छन् ।

१५। विदेश जाने यात्रुले अन्तराष्ट्रिय उडानबाट आवतजावत गर्दा हवाई टिकट, पासपोर्ट, भिसा आदिका आधारमा जिल्ला प्रवेश पाउने जनाइएको छ ।

१६। विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयले स्वास्थ्य मापदण्डको पालना हुने गरी आलोपालो प्रणाली कायम गरी न्यूनतम जनशक्ति प्रयोग गरी सेवा प्रवाह गर्न भनिएको छ ।

१७। बैंक तथा वित्तिय संस्था, धितोपत्र बोर्ड, बीमा, रेमिट, सहकारी, गैरसरकारी संस्था स्वास्थ्य मापदण्ड पालना गरी न्युनतम जनशक्तिबाट भिडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरेर सञ्चालन गर्ने आदेशमा उल्लेख छ । उक्त आदेशको पालना नगरे कारवाही हुने चेतावनी समेत दिइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board