काठमाडौं । कोरोनभाइरस महामारीका कारण गत दुई महिनादेखि अवरुद्ध आन्तरिक हवाइ उडान असार १७ गतेदेखि संचालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेबाट आंशिक रुपमा हवाई सेवना शुरु गर्ने जानकारी दिएको छ । यात्रु क्षमता ५० प्रतिशतले नबढ्ने गरी सञ्चालन गर्न दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न वायुसेवा कम्पनीहरुलाई दुईतर्फी उडान स्वीकृति प्रदान गर्ने विषयमा पत्राचार गरेको छ ।
उडानका लागि खुला गरिएका गन्तव्यहरुको विवरण भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिशतमा तोकिने भएको छ ।
COMMENTS