सन्दर्भ– राष्ट्रिय धान दिवस : राजा सुद्धोधनको सुनको फालीदेखि एसियालीहरुलाई जोड्ने सेतु धान – भोलामानसिंह बस्नेत, वरिष्ठ धानबाली विज्ञ

काठमाडौं, १५ असार । असार १५ अर्थात् राष्ट्रिय धान दिवस, धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ मनाइएको छ । मानो रोपेर मुरी उब्जाउने आजको विशेष दिनमा दही चिउरा खादै धान रोप्ने चलन नेपाली समाजको परम्परागत चलन पनि हो । गत आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी धान उत्पादन भएको छ । खाद्य सुरक्षा एवम् देशको कुल गार्हस्थ उत्पादनमा पनि टेवा पु¥याउने प्रमुख बालीकोरुपमा पनि धानबालीलाई लिइन्छ ।

असार १५ अर्थात् मानो रोपेर मुरी फलाउने नेपाली समाजको विशेष दिन । आजकै दिनमा दही चिउरा खाने र धान रोप्ने हाम्रो सदियौंदेखि चलिआएको परम्परागत प्रचलन छ । तर वि.सं. २०६१ मंसिर २९ गतेको मन्त्रिपरिषद् स्तरीय बैठकले आजकै दिनलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने घोषणा गरेस“गै यो संस्कृति संस्थागत हुदै गएको छ । राष्ट्रिय स्तरमा मात्र होइन २०६१ सालमै संयुक्त राष्ट्र संघमा नेपालसहित ४३ देशहरुले अन्तराष्ट्रिय धान वर्षका रुपमा मनाउन प्रस्ताव गरेका थिए । विश्वको करिब ७ अर्ब जनसंख्यामध्येको आधा बढी जनसंख्याले धान अर्थात् चामलको प्रयोग गर्ने गरेका छन् । नेपालमा २ छाक चामलको खाना खाने प्रचलन छ तर, फिलिपिन्स लगायतका देशहरुमा दैनिक ४ छाकसम्म चामलको खाना खाने गर्दछन् । एसियाली मुलुकहरुमा उत्पादन भएको ९० प्रतिशत धान खपत् पनि हुन्छ यसर्थ, धानलाई एसियालीहरुसंग जोड्ने सेतुको रुपमा पनि लिन सकिन्छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा ५६ लाख २२ हजार मेट्रिक टन धान उत्पादन भयो जुन नेपालको अहिलेसम्मकै सबैभन्दा बढी उत्पादन हो । हाल १४ लाख ७३ हजार हेक्टर जमिनमा धान उत्पादन भइरहेको छ । धानको उतपादकतव ३ दशमलव ८ टन प्रति हेक्टर छ । देशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रले २५ प्रतिशत योगदान पु¥याउदै आएको छ जसमध्येमा धान प्रमुख बाली हो । करिब ४० वर्षअघि नेपालले धान निर्यात गर्ने गरेपनि पछिल्लो ११ महिनामा झण्डै ४८ अर्ब रुपैंया बराबरको धान आयात गर्ने अवस्थामा मुलुक पुगेको छ । काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमै पनि निकै राम्रो धान फल्छन् तर धानको ठाउ“मा घरहरु फलिरहेको वरिष्ठ धानबाली विज्ञ भोलामानसिंह बस्नेत बताउँछन् ।

किम्वदन्ती अनुसार राजा सुद्धोधनले सुनको फालीले बाली लगाएको इतिहास छ । विश्वमा करिब ८ देखि १५ हजार वर्ष अगाडिदेखि धानबाली लगाइएको इतिहास भेट्न सकिन्छ । नेपाली समाजमा जन्मेदेखि मरेपछि पनि धानको आवश्यकता पर्दछ । जन्मेपछि भात खुवाइ गर्दा होस् वा मरेपछिका काजक्रियामा समेत धान धार्मिक एवम् संस्कारका हिसाबले पनि महत्वपूर्ण बाली हो ।

चैते धान लगायत पोखरामा पाइने जेठो बुढा प्रजातिको धानको चामल प्रतिकिलो २ सय ७५ रुपैंया पर्दछ, यस्तै डोटीतिर पाइने जोरायल मसिनो र तराइको कालानमक प्रजातिका धानबालीलाई प्राथमिकता दिन विज्ञहरुले सुझाव दिदै आएका छन् । स्वास्थ्यका दृष्टिकोणले उच्च पहाडी भेगमा पाइने नेपाली जुम्ली मार्सी धान थप पोषणयुक्त छ जसमा ६ देखि ७ प्रतिशत प्रोटिन र आइरन लगायतका पौष्टिक तत्वहरु पाइन्छ । वर्तमान अवस्थामा मल, बिऊ–बिजन लगायतका थुप्रै समस्याहरु देखिए पनि सरकारले मल अभाव हुन नदिन आवश्यक पहल पनि गर्दै आएको छ । यसस“गै धानबालीमा आत्मनिर्भरताका लागि कृषिमा प्रविधिको प्रयोग बढाउदै अन्नभण्डारका लागि आवश्यक संरचनाहरु निर्माणमा तदारुकता ल्याउन जरुरी छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board