लापरवाहिले फेरि बढ्न थाले कोरोना संक्रमित, थप २८ सय बढीमा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो समय देशभर फेरि संक्रमित बढ्न थालेको तथ्यांकले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि मंगलबार २६३६ जनामा संक्रमण पुष्टि भएको थियो । जबकी सो दिन ११ हजार ७४८ जनाको परीक्षण भएको थियो । आज भने मंगलबारको भन्दा केही कम अर्थात ११ हजार ५६८ जनामा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यस्तै सोही अवधिमा ३ हजार ५९७ जना निको भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३८ हजार ८०५ पीसीआर र ३४ हजार ९४४ एन्टिजेन जना पुगेको छ । यस्तै निको हुने संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ भने मृतकको संख्या ९ हजार ११२ पुगेको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board