मध्यरातिदेखि निरन्तर वर्षा, यी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार राति १२ बजेदेखि निरन्तर वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा रातिदेखि नै वर्षा भइरहेको हो । यी प्रदेशका एक दुई स्थानमा अहिले मेघगर्जन÷चट्याङसहित भारी वर्षा भइरहेको छ । बांकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि बुधबार राति १२ बजेदेखि निरन्तर वर्षा भइरहेको मौसमविद् नगरकोटीले बताइन् । ‘आज बीचमा केही बेर रोकिए पनि वर्षा जारी रहने देखिएको छ,’ मौसमविद् नगरकोटीले जानकारी दिईनन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने देखिएको हो । यस क्रममा प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ । मौसम महाशाखाका अनुसार आज राति पनि प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । जसमा भनिएको छ ः प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित भारी, धेरै भारी वर्षाको सम्भावना रहेकाले र उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board