विवाद हल गर्न आज कांग्रेस शीर्ष नेताको बैठक बस्दै

काठमाडौं । आज नेपाली कांग्रेस शीर्ष नेताको बैठक बस्ने भएको छ ।
यसअघि हिजाका लागि बोलाइएको बैठक आन्तरिक तयारीका लागि भन्दै सारिएको थियो ।
पार्टी कार्यालय सानेपामा दिउ“सो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीका पदाधिकारी तथा पूर्वपदधिकारीको सहभागिता रहनेछ । बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्यता विवादलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानबिन समिति बनाए पनि मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानबिन गर्न सकेको छैन ।

अन्य दलबाट आएकालाई क्रियाशील सदस्यता प्रदान गर्ने विधिलाई लिएर कांग्रेसभित्र विवाद छ । अर्को तर्फ, शतप्रतिशत भन्दा बढी सूचीकृत भएका स्थानका क्रियाशील सदस्य कुन आधारमा समावेश गर्ने भन्ने मापदण्ड तय हुन सकेको छैन । चार तहबाट प्रमाणित नभइ सूचीकृत भएका क्रियाशील सदस्यको सन्दर्भमा कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि अन्योल छ । आजको बैठकले क्रियाशील सदस्यको नामावलीसम्बन्धी मापदण्ड तय गर्ने बताइएको छ । साथै आजको बैठकले यसअघि देखिएको अन्य दलबाट कांग्रेस प्रवेश गरेकाहरुको समायोजन विधिसमेत तय गर्ने बताइएको छ । कांग्रेसको १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

नेपाली कांग्रेस शीर्ष नेताको बैठक आज (शुक्रबार) बस्दै छ। पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीका पदाधिकारी तथा पूर्वपदधिकारीको सहभागिता रहनेछ। बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्यता विवादलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board