यो साता भारी बर्षा हुने, सजग रहन मौसमविद्को आग्रह

काठमाडौं । अहिले विहान पांच प्रदेशमा धेरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको छ । भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध छ । आज दिउ“सो पनि प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

यस क्रममा प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षासमेत हुने सम्भावना महाशाखाले जनाएको छ । यसैगरी राति पनि प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जराी रहने सम्भावना छ । यस क्रममा प्रदेश १,प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षा र एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । बुलेटिनसँगै महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

जसमा भनिएको छ ः प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेकाले र उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board