एमालेका दोस्रो तहका नेताबीचको छलफल सकियो, हस्ताक्षरबारे छलफल भएन


काठमाडौं, १९ असार। सत्तारूढ नेकपा(एमाले)का दुवै पक्षका दोस्रो तहका नेताबीच भएको छलफल सकिएको छ। शनिबार ललितपुरमा भएको छलफलमा एकताको प्रयास भइरहेकोबेला बैठक नगर्न आफूहरूले आग्रह गरेको नेपाल पक्षीय एक नेता जानकारी दिए। ‘एकताको प्रयास भइरहेको बेला बैठक नराख्न हामीले सुझाव दिएका छौं’, ती नेताले भने,‘ उहाँहरूले अध्यक्षलाई भन्छौं भन्नुभएको छ।’हिजो केहीबेर केन्द्रीय कमिटीको बैठक बसेर आजको लागि स्थगित भएको थियो। देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षरबारे भने छलफल नभएको ती नेताले बताए। तर आफूहरूले हस्ताक्षर फिर्ता पनि नगर्ने नेपाल पक्षीय नेताहरूले बताएका छन्।उक्त छलफलमा ओली समूहका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल सहभागी छन् भने खनाल(नेपाल समूहबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे सहभागी भएका थिए।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board