एमाले कार्यदलको बैठक– सबैको सुन्दर भाषण, ठोस विषयमा प्रवेश नै भएन, अर्को बैठक बुधबार

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको मंगलबार सिंहदरबारमा भएको बैठकमा दुवै पक्षबाट सुन्दर प्रवचन भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा कुरा गर्ने भनिएपनि दुवै पक्षले एकताको महत्वका बोरमा प्रवचन दिने बाहेक बढी केही नभएको एक सदस्य ले बतए । बहुप्रचारित अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपाल को संयुक्त बक्तव्यका बारेमा समेत कुनै छलफल भएन ।
माधव नेपाल पक्षको मुख्य शर्त नै नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व, नीति र विधानलाई अक्षरश पालना गर्नु पर्ने रहेको छ । यो विषयमा ओली पक्ष सहमत छैन । अध्यक्ष ओलीले एक पक्षीय रुपमा १३ औं बैठक गरी पार्टीको विधान सम्मेलन समेत आह्वा गरिसकेकका छन् । विधान सम्मेलनले अध्यक्ष ओलीले यस विचमा गरेका निर्णयलाई वैधानिक बनाउने र विधानबाट ७० वर्षे उमेर हद हटाउने रहेको छ ।

दुई पक्षीय छलफलले बुधबार विहान साढे ८ बजे पनि फेरि कार्यदलको बैठक बस्ने निर्णय गरेको छ ।
माधव नेपाल पक्षबाट यतिबेला ओली पक्षलाई एकताको वाध्यता भएपनि हामी किन ओलीसंग झुक्ने भन्ने धारणा सार्वजनिक हुंदै आएको छ ।
एमाले कार्यदलस्तरको बैठक सिंहदरबारमा चलिरहेका बेला नेता माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच नेपाल निवास कोटेश्वरमा छलफल भएको थियो । स्रोतका अनुसार माधव नेपालले ५ दलीय गठवन्धनलाई अप्ठेरो पार्ने कुनै काम नहुने प्रतविद्धता दोहराएका छन् । नेपालका अनुसार वार्ता सर्वाजनिक खपतका लागि भन्दा बढी केही होइन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board