बैशाख २७ अघि नै ओली र नेपाल कुनै हालतमा नमिल्ने तय

काठमाडौं । २०७७ फागुन २३ अस्वभाविक रुपमा तत्कालीन नेकपाको दर्ता खारेज गरेर पूर्व समूहहरु एमाले र माओवादी केन्द्र व्युंताउने निर्णय नेकपा विभाजन मात्र थिएन एमालेको विभाजनका लागि पनि थियो ।

नेकपाको दर्ता खारेजीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै सडकमा पुगेको अवस्थाबाट एमाले पार्टी सुम्पेको थियो भने पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालहरुलाई विलखवन्दमा पारिदिएको थियो । जसोतसो प्रचण्डका लागि पूर्व पार्टी माओवादी केन्द्र हात लाग्यो । तर नेकपाको विवादमा सबैभन्दा उत्साही माधव नेपाल पक्षलाई अत्रलपत्र पारिदियो । त्यसकै निरशलाग्दो पराकम्पन अझै लम्विइरहेको छ ।
आफ्ना शर्त सहति माधव पक्षले ओलीसंग पावर शेयरिंग खाज्दा ओलीले माधव पक्षलाई सकिनारामै धकेल्ने रणनीति बनाए । केही पहिले प्रचण्ड–नेपालहरुले ओलीलाई सडकमा पुर्याउने कामको ओलीले माधव पक्षसंग बदला लिने अठोट गरेका थिए । ओलीले त्यो कुरा नलुकाइकन माधव पक्षलाई पटक पटक बच्चलाई खेलाएजस्तो गरेका छन् । सार्वजनिक रुपमै माधव नेपाल पक्षलाई आफूसंग बस्नै नसक्ने गरी अभिव्यक्ति पनि दिएका छन् ।
तर माधव पक्ष अझै केही होला कि गरेजस्तो देखिए पनि त्यो कानुनी अड्चनले मात्र हो ।


गत बैशाख २७ सम्म आइपुग्दा माधव नेपालले पनि कुनै हालतमा ओलीसंग नमिल्ने निश्चय गरिसकेका थिए । यो स्थितिमा पुर्याउनका लागि नेकपा विभाजनका लागि काम गरिरहेको बाह्य शक्तिले एमाले विभाजन गर्ने वम्पर उपाहार पाएको थियो । यो घटनाले मात्र नेपालमा वामपन्थी नामक बलियो शक्तिको अधोपतन हुने निश्चित थियो।


त्यो कामका लागि पछिल्लो समय ओली र माधव नेपाल दुवै जना दुवै पक्षका दोस्रो तहका नेताहरुका दबावका कारण मात्र भेटेजस्तो गर्ने , कार्यदलमा वार्ताको नौटंकी गर्ने मात्र काभ भइरहेको एक बरिष्ठ एमाले नेताले दावीका साथ भने ।
पछिललो समया दोस्रो तहका नेताहरुबीच लगातार कार्यदल व्यूँताएर तीन दिन छलफल गरेपछि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच बुधबार साँझ भेटवार्ता भएको छ ।

तर दुबै नेता आ–आफ्नो अडानमा रहेका कारण कुनै सहमति हुन नसकेको स्रोतले बताएको छ । बुधबारको भेटमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफूलाई निःशर्त सहयोग गर्नु पर्ने अभिव्यक्ति दिएपछि माधव नेपाल निराश भएर फर्केका छन् ।

जबकी अनौपचारिक वार्ता र कार्यदलमा भएको छलफलहरुमा ओली पक्षका नेताहरुले दुई नेताबीच भेट भएपछि जे गरेर भएपनि सहमति गर्छौं भनेका थिए ।

१८ असारमा केन्द्रीय कमिटीको बैठक राखेर सोमबार साँझसम्म सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबाट हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका ओलीले भोलिपल्ट अर्को घोषणा गरे, फैसला आउँदासम्म हस्ताक्षर कायमै राख्नेहरु एमाले रहन्नन् । तर भोलिपल्टै सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल नेता नेपालको निवासमा पुगे र संयुक्त वक्तव्य जारी गर्ने प्रस्ताव राखे ।

वरिष्ठ नेता नेपाल त्यसमा सहमत भए र कार्यदलमार्फत संयुक्त वक्तव्यको मस्यौदा ल्याउन आग्रह गरे । तर ओली पक्षका नेताहरुले कार्यदल निश्क्रिय रहेकाले त्यो ब्यूँताउन पनि दुई नेता भेट्नुपर्ने बताए ।

कार्यदलका अर्का एक सदस्यले बताएअनुसार ओली पक्षका नेताहरुले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेट भएपछि विवादित विषयहरु मिल्ने दाबी गरेका थिए । उनीहरुले पावर शेयरिङ लगायतका विषयमा सहमति जुट्नसक्ने सन्देश ओली पक्षका नेताहरुले नेता नेपालसम्म पुर्‍याएका थिए ।

. तर भेटका क्रममा अध्यक्ष ओलीले सहमतिका लागि न कुनै प्रस्ताव राखे, न कार्यदलमा नमिलेका विषयमा छलफल नै गर्न चाहे ।

उनले हस्ताक्षर फिर्ता लिन आग्रह मात्र गरेको नेता नेपाल निकट नेताले बताए ।
हामीले उठाउँदै आएका मुद्दाहरुमा सहमतिको कुरै गर्नु भएन । त्यसो भएपछि माधव नेपालले पनि मान्नु भएन’, नेपाल निकट नेताले नेपालपेजलाई बताए ।

कार्यदलका सदस्य भीम रावलले पनि सहमतिको प्रयास जारी रहने बताएका छन् । तर ओली पक्षका कुनै पनि नेताले औपचारिक प्रतिक्रिया दिन चाहेनन् । यसको अर्थ ओलीले कतिबेला के गर्न खोजेका छन् कससैलाई थाह छनै । यति सबैलाई थाह छ कि ओली र माधव नेपाल अव एउटै पार्टीमा बस्न सम्भव छैन ।

त हप्ता शेर बहादुर देउवा निवासमा भएको छलफलमा माधव नेपालले देउवा र प्रचण्डसंग अब ओलीसंग मिल्ने त कुरै छोड्नुस् , ओलीर्सग भेट पनि गर्दिन भनेर प्रतिवद्धता जनाएका थिए । त्यो तहमा पुर्याउनमा माधव नेपाललाई व्यकिंग गरिरहेको शक्ति केन्द्रले पनि हदैसम्मको बल गरेको ओली पक्षको विश्वास छ । ठीक त्यसैगरी ओलीले पनि माधव नेपाल, झलनाथ खनाल र भीम रावल लगायतका १५ जना नेताहरुलाई कुनै पनि हालतमा पार्टीमा समावशे नगर्ने अठोट लिएका छन् । त्यो तहमा पुर्याउने शक्ति केन्द्र भने एउटै हो । केवल पात्र मात्र फरक हुन् माओवादीका एक बरिष्ठ नेताको दावी छ । यो विश्लेषणलाई ओली र माधव ले पुष्टि गर्दै पनि आएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board