‘सिंहदरबार कता फर्केको छ ? लुटतन्त्रतर्फ कि लोकतन्त्रतर्फ ?’ – नागरिक समाज


काठमाडौं । बृहत् नागरिक आन्दोलनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य विश्वविद्यालयमा मौलाएको राजनीति‚ भ्रस्टाचार‚ नातावाद र कृपावादको विरोधमा प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंस्थित भद्रकालीमा ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियान २०७८’ को आयोजनामा प्रतिष्ठानमा भइरहेको राजनीतिकरण र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिएको हो ।

नागरिक समाज अगुवा नारायण वाग्ले‚ प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी प्रशान्त राई, विवेकशील पार्टीका शशीविक्रम कार्कीलगायत १८(२० जनाको संख्यामा भेला भई उनीहरूले विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरूले प्रतिष्ठान तथा विश्वविद्यालयलाई भकुण्डो नबनाऊ, फुटबलमा झेली गरे रेडकार्ड, राजनीतिमा झेली गरे नियुक्ति‚ ल्याएका थियौ गणतन्त्र बनायौ तिमीले लुटतन्त्र‚ सिंहदरबार कता फर्केको छ रु लुटतन्त्रतर्फ कि लोकतन्त्रतर्फ रु आदि लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए । प्रदर्शनमा स्रष्टा संगीत स्रोता र गायक अञ्जानबाबुको जोडीले संगीतिक प्रस्तुति दिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board