एमाले नेता प्रसाईंको कार दुर्घटनामा निधन

झापा, २५ असार । नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईंको कार दुर्घटनामा निधन भएको छ ।

बा १६ च ८१८२ नम्बरको कार शुक्रबार दिउँसो चारआली–चन्द्रगढी सडकखण्ड अन्तर्गतको देवकोटा चोकमा दुर्घटना हुँदा प्रसाईंको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका प्रसाईंको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा निधन भएको हो । कार प्रसाईं आफैंले चलाएका थिए । देवकोटाको शालिकमा ठोक्किएर कारको अघिल्लो भाग क्षतिग्रस्त भएको देखिन्छ ।मृतक प्रसाईं विर्तामोड नगरपालिकाकी उपप्रमुख पबित्रा महताराका श्रीमान् हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board