काठमाडौं, ६ साउन । साउन ६ गते अर्थात् जननेता विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस । नेपाली काँग्रेसका संस्थापक विपी कोइरालाको राजनीतिक, सामाजिक, मानविय र साहित्यिक जगत्मा विशिष्ट दर्शन, मनोविज्ञान र विचार आज पनि उत्तिकै खोजिन्छन्, पढिन्छन् र लेखिन्छन् । विपी स्मृति दिवसको सन्दर्भमा लक्ष्मण बस्न्यातसंग गरिएको विशेष संवादमा आधारित आलेखः
विपी कोइरालासँग बस्न पाउनु नै हाम्रो लागि ठूलो कुरा, भाग्यको कुरा हुन्थ्यो । बाहिरबाट हेर्दा पनि निकै सुकुमार देखिनुहुने विपी दाउरा सुरुवाल लगाउने अनि हेर त, म कस्तो देखिएको छु ? निकै सामन्त जस्तो त देखिएको छैन नि ? विपीले हामीसँग ठट्टा पनि गर्नुहुन्थ्यो । अनि मैले कहिले–काही बाक्लो खालको कोट लगाएँ भने, ओई ! कस्तो पहाडको बाहुन जस्तो देखिएको छस् त ! भनेर पनि भन्नुहुन्थ्यो । विपीले एकदम थोरै सादा दाल, भात, तरकारी खानुहुन्थ्यो, उहाँको व्यक्तित्व यस्तै थियो ।
विपी कोइराला अब चर्चा नै गर्नै नपर्ने त्यो बेला । जो कोहीलाई पनि नाम थाहा नहुने कुरै थिएन । एक समय हो, बम्बैबाट नेपाल आउनेक्रममा विराटनगरमा विपी आउनुहुँदा मान्छेहरुको ठूलो जुलुस निस्कियो, मैले त मेरो जिन्दगीमा त्यति धेरै मान्छेको हुल, जमात् कहिलेपनि देखेको थिइनँ । अनि हामी चाही, गाडीको एउटा डण्डी समातेर उहाँलाई हेथ्र्यौ ।
विपीको सिद्धान्तमा मूलतः ४ कुराहरु छन् । एक, बिरामी पर्दा औषधि उपचार गर्नसक्नुप¥यो, पाउनुप¥यो । दुई, मान्छेले खाना खान पाउनुप¥यो, शरीर ढाक्ने लुगा लगाउन पाउनुप¥यो, बस्नलाई न्यूनतम एउटा छानासम्म चाहियो । तीन, स्वस्थ स्वास्थ्यका लागि गाईको दुध, दही खान पाउनुप¥यो । चार, सबैले समानरुपमा शिक्षा हासिल गर्न पाउनुप¥यो । के तपाई हामीले हाम्रो स्वास्थ्य उपचार गर्न सक्षम भएका छौं ? राम्रो स्कूलमा, आफूले चाहेको विषय पढ्न पाएका छौं ? पहिले–पहिले खाद्यन्न निर्यात् गर्ने देश नेपाल अहिले धान, चामल पनि किनेर खानुपर्छ, यसमा हामी आत्मनिर्भर बन्न सकेका छौं ? हामी स–साना हुदा ३, ४ महिनासम्म मनसुनमा पानी पथ्र्यो तर यस्तो भूक्षय, प्राकृतिक प्रकोप हुदैनथ्यो । अहिले सबै पहाडहरु खनिसकेको छ, अब यो क्रम आगामी दिनमा झन् बढ्नेवाला छ । विपीको यो चार सिद्धान्तलाई बदलेर देखाउनुस् न π अनि म मानौंला कि, विपीको विचार परिवर्तन गर्नुपर्छ वा परिमार्जन गर्नुपर्छ भनेर । आजको दिनमा विपीको विचार र सिद्धान्त झन् अपरिहार्य भएर गएको छ ।
आज देशको हालत् हेर्नुस्, पुलिस, आर्मी, शिक्षक वा निजामती कर्मचारीहरुबाहेक ९० प्रतिशत अरुको राम्रोसँग श्रमको ज्याला पनि पाएका छैनन् । ७० प्रतिशत अनौपचारिक काम गर्नेहरुको अवस्था राम्रो छैन । जनमतसंग्रह हुदाखेरी धेरै युवाहरु काँग्रेसमा आए, म पनि त्यतिबेलादेखि थप सक्रिय भएको हुँ । नेपाल ट्रेड युनियन काँग्रेसको संगठन ३० वर्ष सम्हालेका छन्, बस्न्यात्ले । एकचोटी, गिरिजाबाबु, परशुनारायण चौधरी, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह लगायत हामीहरु एयरपोर्टमा थियौं, खै के कारणले हो प्लेन उड्न ढिला भयो, झण्डै ६ घण्टा नै ढिला भयो । अनि त्यो समयमा ६ घण्टासम्म विपीले बोलिरहनुभयो, हामी त स्पेल बाउण्ड भएर सुनिरह्यौं । त्यसबेला विपीले मधेशको सामाजिक जनजीवन, उनीहरुको चित्र, चरित्र, आनीबानी, बोल्ने शैली, छोरी मान्छेहरुको अवस्था लगायतका मधेशकै बारेमा मात्रै निरन्तर बोलिरहनुभयो, मधेशमा भारतको प्रभावबारे पनि चिन्ता व्यक्त गर्नुभएको थियो ।
पछि विपीको घाँटीमा क्यानसर भयो । हामी त उहाँको घरमा गइरहन्थ्यौं, उहाँको कुरा, शिक्षा लिइरहनथ्यौं । मैले केही गल्ती बोलें भने मलाई भन है भन्नुहुन्थ्यो । पछि त बोल्न पनि नसक्ने हुनुभयो । हामीले स्याहथ्र्यौ । एकचोटी स्याहार्ने क्रममा आत्तिएझैं हातले संकेत गर्नुभाथ्यो, त्यो के गर्नुभएको हो ? के भन्न खोज्नुभउको थियो मलाई ? वा तिमीलाई कस्तो छ ? अथवा के भन्नुभएको हो, थियो ? त्यो मैले अझै बुझ्न सकिनँ, सकेको छैन । त्यो अझैं झझल्को र स्मृतिमा आइरहन्छ ।
COMMENTS