काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा महासचिव पुष्पलाल श्रेष्ठको आज ४३ औं स्मृति दिवस हो । यसको अवसर पारेर आज देश र विदेशमा कम्युनिस्टजनहरुले उनको सम्झनामा विभिन्न किसिमका कार्यकार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
पुष्पलालले अघि सारेको बीचारको नेतृत्व गर्ने प्रतिपक्ष दल नेकपा एमाले फूटको अन्तिम संघारमा पुगेकाले पनि यो वर्ष पार्टीले औपाचारिक कार्यक्रमको आयोजना गर्नेरनगर्ने बारेमा कुनै औपचारिक सूचना प्रकाशमा आएको छैन् । लामो समयदेखि श्रेष्ठको जीवनी र योगादानको स्मरण गर्दै औपचारिक कार्यक्रमको आयोजना गर्ने नेपा एमाले भित्र देखिएको चरम विवादका कारण पनि औपचारिक कार्यक्रमको आयोजना हुने बारेमा अहिलेसम्मै अन्योल भएको एमाले नेताहरुले प्रतिक्रिया दिएका छन् । यसका अलावा कोरोना संक्रमणका कारण कुनै कार्यक्रम आयोजना नगरिएको पुष्पलाल स्मृति प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरले स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा भने अनौपचारिक कार्यक्रम राखिएको छ । नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो । नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि संघर्ष गरे ।
नेकपा एमाले हुम्लाले भने बिहिबार बिहान सिमकोटको मानसरोवर होटेलमा पुष्पलालको स्मृतिमा एक कार्यक्रमको आयोजना गर्ने एमाले हुम्लाका उपाध्यक्ष ज्ञामी वुमीले जानकारी दिए । एमाले पार्टी भित्र आएको चरम विवादका कारण पुष्पलालको स्मृती दिवश मनाउन र नमनाउने भन्ने बारेमा देशभरका एमालेमा अन्योल छ ।
पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा उनको जन्म भएको थियो । पिता भक्तलाल रामेछापमा मालका सुब्बा हुनुहुन्थ्यो । पछि छोराका कारणले बुबाको जागिर खोसिएको थियो । आफ्नो जीवनभर सङ्गठन विस्तारमा लागेका उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन पनि गरेका थिए । पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत हुन् । पञ्चायती निरङ्कुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ २०२५ सालमा अगाडि सार्ने उनी पहिलो नेता हुन् ।
उनले नेकपा स्थापना गर्दा घोषणापत्रमा सामन्ती एकतन्त्रीय शासनको अन्त्य गर्ने, वैदेशिक शोषण र दमन समाप्त पारी राष्ट्रियता, स्वाधीनता हासिल गर्ने, वालिग मताधिकार कायम गर्ने, संविधानको आधारमा जनताका लागि पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र सुरक्षण गर्ने, मजदूर किसान श्रमजीवी जनताको हितलाई प्राथमिकता दिने उल्लेख थियो । यस्तै घोषणापत्रमा सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिहरूको सरकार स्थापना गर्ने तथा क्रान्तिकारी भूमिसुधार लागू गर्नेसमेत समावेश थियो ।
पुष्पलालको नेतृत्वमा नेपालमा पहिलोपटक विसं २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । पार्टी स्थापना गर्दा कोलकाताको श्यामबजारस्थित एक भवनमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए । उनले स्थापना गरेको नेकपा विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिष्ट पार्टी बनेका छन् । पछिल्लो पटक २०७५ जेठ ३ गते नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० मिली पुनः नेकपा पार्टी बनेको भएपनि पार्टी भित्रको चरम विवादले फेरी फूटेर सर्वोच्च अदालतको फागुन २३ गतेको निर्णयले पुर्ववत एमाले र माओवादी केन्द्रमै फकिैएका छन् ।
घोषणापत्रलाई नेपाली भाषामा प्रकाशित गरी नेपाली मजदूर वर्गको आन्दोलनलाई सही बाटोमा लैजान अत्यन्त आवश्यक भएको हुनाले मैले यस घोषणापत्रलाई यथाशक्य परिश्रम गरी नेपालीभाषामा उल्था गरी नेपालको सम्मान राखेको छु । यसलाई नेपाली माक्र्सवादीले माक्र्सवादी चेतना र साहित्यको थालनीका रुपमा समेत अथ्र्याएका छन् ।
दाजु गङ्गालालको हत्यापश्चात राणाशाहीको जरो काट्ने प्रण पुष्पलालले गरेका थिए । त्यतिखेर उनी १५ वर्षका किशोर थिए । निरङ्कुशता विरोधी, श्रमजीवी वर्गप्रति झुकाव उदार प्रजातन्त्रवादी, सिद्धान्तनिष्ठ, सरल तथा मिलनसार व्यक्तित्वका धनी पुष्पलाल राजनीतिज्ञ मात्रै थिएनन्, इतिहाँस, समाजशास्त्र, मानवशास्त्रका विषयमा समेत ज्ञान राख्थे ।
उनी २०१७ सालको कदम पछाडि पनि भूमिगत निर्वासित जीवनमा नेपाल कम्युनिष्ट पार्टीलाई पुनः सङ्गठित गरी संयुक्त जनआन्दोलनको आवश्यकता र औचित्य पुष्टि गर्न अहोरात्र लागेका थिए । प्रजातन्त्रको पुनःस्थापना गर्न कम्युनिष्ट र कांग्रेस मिल्नु पर्छ भन्ने विचारका नेता पुष्पलाललाई दूरदर्शी नेताका रुपमा स्मरण गरिन्छ । उनकै विचार अनुसार कम्युनिष्ट र कांग्रेस मिलेपछि देशमा प्रजातन्त्र पुनर्बहाली भएको हो ।
को हुन पुष्पलाल ?
पुष्पलाल श्रेष्ठ ९ नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि।सं। १९८१ असार १५ गते रामेछाप जिल्लामा भक्तलाल र तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो । पुष्पलालका एक दाजू गङ्गालाल, तीन भाइ गौरीलाल, देवीलाल, विजयलाल श्रेष्ठ एवम् बहिनी पुष्पलता हुन् ।
पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटीको अध्यक्ष पनि बन्नुभएको थियो । वि।सं। १९९७ सालमा आफ्ना दाजु शहीद गंगालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एकदिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्’ भन्नुभएको थियो र दाजुको यही शब्द नै पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको श्रोत बन्यो ।
वि।सं। १९९८ सालमा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गर्नुभयो । संघमा रहेका सदस्यले आ–आफ्नो रगतले प्रतिज्ञापत्रमासही गरेर पार्टीमा लाग्नुपर्ने नियम थियो । संघले राणाशासनको विरोध गर्ने, विद्यालयहरू खोली विभिन्न खालका ९सीपमूलकसमेत० तालीम दिन्थ्यो । भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउने पुष्पलालले वि।सं। १९९७ सालदेखि बन्दीजीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्यरूपले सम्पर्क राखी टंकप्रसाद आचार्यलगायत अरू नेताहरूको नेलसहितको फोटो सन् १९४२ मा भारत, पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा प्रकाशित गर्न मद्दत गर्नुभयो ।
२००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारको लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधान आदिले गर्नुभयो । जनताद्वारा गरिएको यही पहिलो जनआन्दोलनका कारण पद्म शमशेरले सुधारको कदम चाल्ने घोषणा गरे । माक्र्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । २००६ सालमा भारतको कलकत्तामा भारत कम्युनिष्ट पार्टीका नेता अजय चक्रवर्तीसँगको भेटले उहाँको जीवनमा नयाँ मोड ल्यायो । त्यसबखत पुष्पलाल पश्चिम बंगालका वर्तमान मुख्यमन्त्री ज्योति बसुको नजीक हुनुहुन्थ्यो । पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचार–प्रसार गर्न ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गर्नुभयो । सम्भवतः नेपाली भाषाको सबभन्दा पहिलो साम्यवादी साहित्य यही नै थियो । उहाँको विवाह साहना प्रधानसँग भएको थियो । २०१५ सालको आम चुनावमा बन्दीपुर, २०१७ मा पार्टी प्रभाव बिस्तार गर्न तेह्रथुम ९लिम्बुवान० बजारमा पुग्नुभयो । २०१६ सालमा उहाँ सोभियत संघमा सम्पन्न कम्युनिष्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई सोही वर्ष चीन भ्रमण गर्नुभयो ।
२०१७ साल पौष १ गते घटित कालो काण्डपछि भूमिगत र निर्वासित जीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गर्नुभयो । नेका र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदा–गराउँदैनिधन भयो ।
COMMENTS