काठमाडौँ, १२ भदौ । भारतमा थप ४६ हजार ८०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २६ लाख ४९ हजार १३० पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ६६ हजार ४१४ जना संक्रिय संक्रमित छन् ।यस्तै त्यहाँ एकैदिन ५१४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३७ हजार ४०३ पुगेको छ ।
COMMENTS