कतारमा पहिलो पटक भारत र तालिबानबीच वार्ता ( यस्तो भयो छलफल)

काठमाडौं, १६, भदौ । अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएको केही घन्टामा नै भारत र तालिबान प्रतिनिधिबीच पहिलोपटक वार्ता भएको छ ।कतारका लागि भारतीय राजदूते दीपक मित्तलले तालिबानको कतारस्थित राजनीतिक कार्यालयका प्रमुखसँग कुराकानी गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।तालिबान पक्षको आग्रहमा कतारस्थित भारतीय दूतावासमा सो बैठक भएको थियो । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार वार्ता अफगानिस्तानमा रहेका भारतीय नागरिकको सुरक्षामा केन्द्रित थियो ।त्यसैगरी भारतले तालिबानको अल्पसंख्यकको विषय पनि उठाएको थियो । भारतीय पक्षले अफगानिस्तानको भूमि आफूविरुद्ध प्रयोग नहोस भनी आग्रह गरेका थिए ।पछिल्लो समय तालिबान नेतृत्वले भारत यस क्षेत्रको महत्वपूर्ण शक्ति भएको भन्दै आफूहरुले सम्बन्ध विस्तार चाहेको बताउँदै आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board