काठमाडौं, २६ भदौ । भारतमा थप ३७ हजार ८७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३२ लाख ८७७ पुगेको छ । शनिवार विहानसम्म भारतमा ४ लाख २८१ जना संक्रिय संक्रमित छन् ।यस्तै त्यहाँ एकैदिन ३०४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४२ हजार ३५० पुगेको छ ।
COMMENTS