विश्वभर पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख ७६ हजार ६५७ जना कोरोना संक्रमित थपिए

काठमाडौँ, १० असोज । पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख ७६ हजार ६५७ जना कोरोना संक्रमित थपिएका छन् । र्वल्डोमिटरको पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै अमेरिकामा ५४ हजार ११४, बेलायतमा ३१ हजार ३४८, भारतमा २८ हजार १४९, टर्कीमा २६ हजार १४५ जना संक्रमित पहिचान भएको छ ।

त्यसैगरी रुसमा २२ हजार ४१, ब्राजिलमा १५ हजार ६८८ र इरानमा १० हजार ८४३ जनामा संक्रमण पुष्टि भएको छ ।यही अवधिमा ५ हजार ८८१ जना संक्रमितको मृत्यु भएको छ । अमेरिकामा ७६५, ब्राजिलमा ५४८, रुसमा ८२२, इरानमा २९०, टर्कीमा १९३ र बेलायतमा १२२ जना संक्रमितको मृत्यु भएको हो ।भारतमा मृत्यु हुनेको संख्या २५८ छ । यससँग भारतमा मात्रै मृत्यु हुनेको संख्या हालसम्म ४ लाख ४६ हजार ९४८ पुगिसकेको छ ।यही अवधिमा ३ लाख ९५ हजार ८२० जना संक्रमित कोरोनामुक्त भएका छन् ।

कोरोनामुक्त हुनेमा पनि अमेरिका सबैभन्दा अगाडी छ ।जहाँ ४९ हजार ५१, भारतमा २५ हजार ९९०, ब्राजिलमा ७ हजार ५ सय, बेलायतमा २७ हजार ९९८ जना निको भएका छन् ।यस्तै रुसमा १६ हजार,टर्कीमा १९ हजार, इरानमा २३ हजारभन्दा बढि कोरोनामुक्त भएका छन् । विश्वभर २३ करोड २२ लाख ४५ हजार ३२७ कोरोना संक्रमितमध्ये हालसम्म २० करोड ८८ लाख ५२ हजार ४९१ जना निको भइसकेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board