भारतमा २८ हजार कोरोना संक्रमित निको, कति थपिए ?

काठमाडौं, १५ असोज । पछिल्लो २४ घण्टामा भारतमा २७ हजार ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ३७ लाख ६५ हजार ४८८ पुगेको छ । तीमध्ये ३ करोड ३० लाख ३५ हजार ५२४ जना निको भइसकेका छन् । वओल्डोमिटरको पछिल्लो विवरणअनुसार भारतमा २८ हजार २३९ जना संक्रमणमुक्त भएका छन् । यही अवधिमा २८२ जना संक्रमितको मृत्यु भएको छ । यसँगै भारतमा हालसम्म कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ४ लाख ४८ हजार ३७२ पुगेको छ ।भारतमा संकृय संक्रमितको संख्या २ लाख ८१ हजार ५९२ रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board