नेपालमा २४ घण्टामा ८४९ मा कोरोना पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं, २० असोज।  पछिल्लो २४ घण्टामा नेपालमा ८४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको पीसीआर परीक्षणमा बुधबार थप ८४९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९९ हजार ६१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८९१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७२ हजार २२९ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ ।

हालसम्म देशभर ४२ लाख ५६ हजार ८०३ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ४६७ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १६ हजार १९४ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board