विश्वभर पछिल्लो २४ घण्टामा थप ३ लाख १८ हजार संक्रमित थप, २ लाख ६७ हजार निको

काठमाडौँ, ८ कार्तिक । विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख १८ बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ३ लाख १८ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।जसअनुसार सबैभन्दा धेरै बेलायतमा ३९ हजार ९६२, रुसमा ३५ हजार ६६०, टर्कीमा २४ हजार ७९२, अमेरिकामा १७ हजार ५८०, भारतमा १४ हजार ६४१ र ब्राजिलमा ६ हजार २०४ जनामा संक्रमण पुष्टि भएको छ ।यही अवधिमा २ लाख ६७ हजार ५९८ जना कोरोनामुक्त भएका छन् । सबैभन्दा धेरै बेलायतमा २५, टर्कीमा २४, रुसमा २२ हजार, अमेरिका र भारतमा १८–१८ हजार, ब्राजिलमा ११ हजार बढी निको भएका छन् ।गत २४ घण्टामा ४ हजार ६६८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै रुसमा एक हजार ७२, भारतमा ४४२, टर्कीमा १९५, अमेरिकामा १५७, ब्राजिलमा ११३ र बेलायतमा ७२ जना रहेका छन् ।

यससँगै विश्वभर कोरानाका कुल संक्रमितको संख्या २४ करोड ४४ लाख ९ हजार ९४६ पुगेको छ । तीमध्ये २२ करोड १४ लाख २७ हजार ७६५ जना निको भइसकेका छन् भने ४९ लाख ६३ हजार ५०४ जनाले ज्यान गुमाएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board