विश्वभर ३ लाख ७५ हजार संक्रमित थपिए, ३ लाख १४ हजार निको


काठमाडौँ, १४ कार्तिक । विश्वभर पछिल्लो २४ घण्टमा ३ लाख ७५ हजार ८५५ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै बेलायतमा ४१ हजार २७८, रुसमा ४० हजार २५१, अमेरिकामा २६ हजार ३५५, टर्कीमा २३ हजार ९६, भारतमा १२ हजार ९५८ र ब्राजिलमा १० हजार ६९३ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ३ लाख १४ हजार ९५१ जना कोरोनामुत्त भएका छन् । अमेरिकामा ४५ हजार, बेलायतमा ३५ हजार, रुस र टर्कीमा २८–२८ हजार भारतमा साढे १४ हजार र ब्राजिलमा साढे ५ हजार बढी निको भएका हुन् ।

यस्तै ५ हजार ८१४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा एक हजार १६०, भारतमा ४४६, अमेरिकामा ३५०, ब्राजिलमा २६०, टर्कीमा २०३ र बेलायतमा १६६ जनाको मृत्यु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board