अमेरिकामा अन्धाधुन्ध गोली आक्रमण १२ को मृत्यु

अमेरिका, १६ कात्तिक । अमेरिकाको विभिन्न स्थानमा हेलोवीन पार्टीको क्रममा अन्धाधुन्ध गोली चल्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । हेलोवीनकाे अवसर पारेर विभिन्न ११ स्थानमा अन्धाधुन्ध गोली चलाउँदा यी आक्रमणमा परेकाको एकमुष्ट रुपमा गणना गर्दा ५२ जना मानिसहरु घाइते भएका छन् भने १६ को मृत्यु भएको छ ।

अमेरिकाको इलिनोएसमा हलोवीनको पार्टीमा भएको आक्रमणमा दुईजनाको मृत्यु भएको थियो भने दर्जनभन्दा धेरै मानिस घाइते भएका थिए। त्यसैगरी उक्त आक्रमण अघि आइतबार बिहान कोलोराडोमा पनि गोली आक्रमणमा दुईजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए। आइतबारै केन्टुकीमा पनि सोही प्रकृतिको आक्रमणमा दुई जनाको मृत्यु र दुई घाइते भएका थिए साथै टेक्सासमा पनि दुई छुट्टाछुटै गोली आक्रमणमा दुई जनाको मृत्यु र १२ जना घाइते भएका थिए भने क्यालिफोर्नियामा ३ जना र फ्लोरिडामा एक जनाले गोली आक्रमणमा ज्यान गुमाएका छन्।

अमेरिकामा पछिल्लो समय विशेषगरी कोरोना भाइरसको महामारीमा ठूलो संख्याका मानिसलाई लक्षित गरी गोली आक्रमण गर्ने घटनाक्रम बढ्दो रहेकाले यसले अमेरिकाको आर्थिक तथा सामाजिक क्षेत्रमा नकारात्मक असर पार्न सक्ने विश्लेषकहरुले चिन्ता व्यक्त गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board