कोभिड–१९ संक्रमणको कारणले विश्वभर ५० लाख बढीको मृत्यु भएको छ । वर्तमान समयमा पछिल्लो केही समययता मृत्युदर घटेपनि नयाँ संक्रमितको संख्या भने बढेको छ। अहिलेसम्म विश्वभर संक्रमित हुनेको संख्या २५ करोड नाघेको छ।
कोरोना संक्रमणको कारण सबैभन्दा धैरै करिब ७ लाख ४५ हजारभन्दाबढी मानिसको मृत्यु अमेरिकामा भएको छ भने ब्राजिलमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ६ लाख ७ हजारभन्दा धेरै रहेको छ साथै भारतमा पनि कोरोना संक्रमणको कारण ४ लाख ५८ हजारभन्दा धेरैको मृत्यु भएको छ।
कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या दुई देखि तीन गुणासम्म हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ ।
COMMENTS