कोरोनाविरुद्धको खाने औषधिलाई बेलायतमा पायो मान्यता

लन्डन, १९ कार्तिक । बेलायत संसारमा कोरोनाविरुद्धको खाने औषधि (गोली) लाई प्रयोगमा अनुमति दिने पहिलो देश बनेको छ ।अमेरिकाको औषधि कम्पनी मर्क र रिजब्याक बायोथेराप्याटिक्सको साझा प्रयासमा विकसित गरिएको खाने औषधिलाई बेलायतमा अनुमति दिइएको हो ।बेलायतका मेडिसन तथा हेल्थकेयर उत्पादनको नियामक प्राधिकरण एमएचआरएले मोलनूपीरावीर नामको यो औषधिलाई क्लिनिकल डाटाका आधारमा अनुमति दिएको हो । यो औषधि कोराना संक्रमण देखिएपछि संक्रमित भएको पाँच दिनपछि खान सकिने छ ।यो संसारमा कोरोनाविरुद्ध खाने औषधिका रुपमा प्रयोगका लागि अनुमति पाउने पहिलो औषधि हो । उता अमेरिकी अधिकारीहरुले यसै महिना यो औषधि प्रयोगका लागि अनुमति दिने वा नदिने विषयमा निर्णय गर्ने बीबीसीले जनाएको छ।

संसारभर हालसम्म कोरोना संक्रमणबा ५२ लाखभन्दा धेरैको मृत्यु भइसकेको छ । हालसम्म कोरोनाविरुद्धको खोपलाईमात्र अनुमति दिइएको थियो । यसका साथै जीलिएडको एंटी भाइरल औषधि रेमडिसिभीर र जेनेरिक स्टेरायड डेक्सामीथासोनलाई अस्पतालहरुमा उपचारका क्रममा संक्रमितलाई दिने गरिएको छ । गत महिना प्राप्त क्लिनिकल डाटाअनुसार मर्कको औषधि मोलनूपीरावीरले कोरोनाबाट हुने मृत्युलाई आधा गरिदिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board