२८० नयाँ संक्रमित, मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं, २९ मंसिर । पछिल्ला २४ घण्टामा देशभर २८० नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीकुमार अधिकारीका अनुसार पीसीआर परीक्षणबाट २५२ र एन्टिजेन परीक्षणबाट २८ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबारको मन्त्रालयका प्रेस ब्रिफिङमा डा। अधिकारीले दिनुभएको जानकारी अनुसार २४ घण्टामा ११ हजार ९९४ कोरोना परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ९ हजार २१२ र २ हजार ७८२ एन्टिजेन परीक्षण भएको छ । २४ घण्टामा ३०० जना कोरोनामुक्त भएका छन् । ६ जनाको मृत्यु भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६३५ रहेको सहप्रवक्ता डा।अधिकारीले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board