पछिल्लो २४ घण्टामा देशभर निको हुने भन्दा संक्रमित बढी, ३ जनाको मृत्यु

काठमाडौँ, ६ पुस । पछिल्लो २४ घण्टामा देशभर २९० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार २५२ पीसीआर र ३८ एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा १७ हजार ८९ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा पीसीआर परीक्षण १२ हजार ४७३ र एन्टिजेन परीक्षण ४ हजार ६१६ भएको छ ।पछिल्लो २४ घण्टामा २३२ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २४२ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २६ हजार २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणबाट ९६ हजार २१ जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म ८ लाख ९ हजार ३८७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५७ पुगेको छ ।२४ घण्टामा २ लाख ४७ हजार ८१४ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board