संक्रमण बढ्यो : विश्वभर एकैदिन साढे ७ लाख भन्दा बढिमा कोरोना संक्रमण, ६ हजार ९२० जनाको मृत्यु

काठमाडौँ, ७ पुस । विश्वभर थप ७ लाख ३३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ लाख ७९ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ९२० संक्रमितको मृत्यु भएको छ ।पछिल्लो एक दिनमा अमेरिकामा मात्रै एक लाख ७३ हजार ४८२ जनामा कोरोना संक्रमण पाइएको छ ।त्यसैगरी बेलायतमा ९० हजार ६२९, फ्रान्समा ७२ हजार ८३२, स्पेनमा ४९ हजार ८२३, जर्मनीमा ३५ हजार ४९, रुसमा २५ हजार ९०७ र टर्कीमा १९ हजार ८५९ जना थपिएका छन् ।निको हुनेमा जर्मनीमा ६५ हजार ५००, अमेरिकामा ६३ हजार ४३२, फ्रान्समा ४९ हजार ३८६, बेलायतमा ४६ हजार ५५७, रुसमा ४० हजार २१९ र टर्कीमा २५ हजार ५३२ जना छन् ।हालसम्म विश्वभर कुल संक्रमितको संख्या २७ करोड ६५ लाख ५३ हजार २७० पुगेको छ । तीमध्ये २४ करोड ७९ लाख ९८ हजार ३७ जना निको भइसकेका छन् भने ५३ लाख ८४ हजार ४१४ जना संक्रमितको मृत्यु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board