विश्वभर बढ्यो कोरोना संक्रमितको संख्या : २४ घण्टामा ८ लाख ५१ हजार ५५२ जना संक्रमित


काठमाडौँ , ८ पुस । विश्वभर दैनिक थपिने कोरोना संक्रमितको संख्या बढेको छ ।ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै ८ लाख ५१ हजार ५५२ जनामा संक्रमण पुष्टि भएको हो ।यूरोपमा मात्र ४ लाख ७० हजार १९४ जना थपिएका छन् । तीमध्ये अमेरिकामा मात्रै २ लाख १७ हजार ३४९, बेलायतमा एक लाख ६ हजार १२२, फ्रान्समा ८४ हजार २७२, स्पेनमा ६० हजार ४१, जर्मनीमा ४५ हजार ८५८, इटलीमा ३६ हजार २९३ र रुसमा २५ हजार २६४ जना छन् ।
एसियामा टर्कीमा सबैभन्दा धेरै १९ हजार ९५ जना संक्रमित थपिएका छन् । साउद अफ्रिकामा २१ हजार ९८ जनामा पहिचान भएको छ ।यही अवधिमा ३ लाख ३२ हजार ५६५ जना कोरोनामुक्त भएका छन् भने ३ हजार ८३५ संक्रमितको मृत्यु भएको छ ।कोरोनामुक्त हुनेमा अमेरिकामा ९७ हजार ६८४, जर्मनीमा ६५ हजार ५००, फ्रान्समा ४८ हजार १८७, रुसमा ४२ हजार ३२२ र टर्कीमा २२ हजार ८१६ जना रहेका छन् ।

मृत्यु हुनेमा अमेरिकामा एक हजार ३९२, रुसमा एक हजार २०, जर्मनीमा ४७५, टर्कीमा १७९, बेलायतमा १४० र फ्रान्समा १७० जना रहेका छन् ।

हालसम्म विश्वभर कुल संक्रमितको संख्या २७ करोड ७४ लाख ५६ हजार ४०३ पुगेको छ । तीमध्ये २४ करोड ८५ लाख ७१ हजार २२५ जना निको भइसकेका छन् भने ५३ लाख ९२ हजार ५३८ जना संक्रमितको मृत्यु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board