काठमाडौं , १६ पुस । शुक्रबार बिहारमा एक जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएसँगै भारतको २२ राज्यमा फैलिएको छ ।
पछिल्लो २४ घण्टामा १८० जनामा ओमिक्रोन संक्रमित पुष्टि भएसँगै ओमिक्रोनका संक्रमितको संख्या १ हजार २७० पुगेको छ । शुक्रबार भारतमा अहिलेसम्मकै धेरै व्यक्तिमा ओमिक्रोनको संक्रमण पुष्टि भएको बताइएको छ । सबैभन्दा धेरै ओमिक्रोनका संक्रमित दिल्लीमा रहेका छन् । हालसम्म प्रथम स्थानमा २६३ जनामा दिल्लीमा र दोस्रो स्थानमा रहेको महाराष्ट्रमा ओमिक्रोनका संक्रमितको संख्या २५२ जना पुगेको छ ।
हालै विहारमा दिल्लीबाट आएका एक पुरुषमा ओमिक्रोनको संक्रमण पुष्टि भएपश्चात् ओमिक्रोनका संक्रमित फेला पर्ने पछिल्लो राज्य बिहार बनेको छ । ओमिक्रोनको संक्रमण पुष्टि भएसँगै बिहारका मुख्यमन्त्री नितिश कुमारले बिहारमा तेस्रो लहर सुरु भएको बताएका र डाक्टरहरू यसका लागि तयारी अवस्थामा रहेको बताएका छन् ।
COMMENTS