भारतमा कोरोनाको तेस्रो लहर : तेलङ्गनामा मास्क नलगाउनेलाई जरिबाना

काठमाडौं, १८ पुस । भारतमा कोरोना भाइरसको तेस्रो लहर फैलिएको छ ।सङ्क्रमण फैलिँदै गएपछि राजधानी दिल्ली, हरियाणा र तेलङ्गनामा कडा निर्देशन लागू गरिएको छ ।

तेलङ्गनामा भीडभाड गर्न रोक लगाइएको छ भने सामूहिक कार्यक्रम र र्‍याली तथा राजनीतिक सभा सम्मेलनमा समेत रोक लगाइएको छ । यस्तै, मास्क नलगाउनेलाई एक हजार रुपैयाँ जरिबाना तिराइने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।यसैगरी हरियाणा सरकारले पनि सिनेमा हल, खेल मैदान, स्वमिङ पुल लगायत सार्वजनिक स्थलमा जान रोक लगाएको छ । सरकारी र निजी कार्यालयमा ५० प्रतिशत मात्रै कर्मचारी जान पाउने नियम बनेको छ । यो नियम आउँदो १२ तारिखसम्म लागू हुनेछ ।यस्तै, पश्चिम बङ्गालमा पनि प्रतिबन्धात्मक नियमलाई कडा पारिने भएको छ । यस्तै, सङ्क्रमण फैलिए पछि राष्ट्रपति भवन सङ्ग्रहालय बन्द गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board