ओमिक्रोन फैलन नदिन पूर्वतयारी र सतर्कता बढाउनु हुनः स्वास्थ्य विभाग

काठमाण्डौ, १८ पुस । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन थप फैलन नदिनका लागि आवश्यक पूर्वतयारीका साथै सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले सबै स्थानिय तह, जिल्ला स्वास्थ्य कार्यालय र प्रदेश स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै ओमिक्रोन थप फैलन नदिन थप सावधानी अपनाउन निर्देशन दिएको हो । स्वास्थ्य मापदण्डको पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाइ परीक्षणको दायरा बढाउन, कोभिड पहिचान भएकाहरूको उचित व्यवस्थापन गर्न, सीमा नाकामा प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न लगायतका निर्देशन दिएको छ ।

यस्तै भाइरसका नयाँ–नयाँ उत्परिर्वतन गरी भेरियन्ट आउन सक्ने सम्भावना कायमै रहेको हुँदा निर्देशिका र जनस्वास्थ्य मापदण्डको पूर्ण पालनाका साथै भिडभाडमा मास्क लगाउन र खोप लगाउन छुटेका सबैलाई समयमा खोप लगाउनसमेत सबैमा आग्रह गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board