तेस्रो लहर आएमा यसको पहिलो प्रभाव बालबालिका: खोपको विकल्प छैन

काठमाडौं, २० पुस । विश्वभरि नै कोरोनाको त्रास कायमै छ भने यसका विभिन्न भेरियन्ट पनि देखा परेका छन् । डेल्टा भेरियन्टले त्रस्त बनाएको विश्वलाई फेरि ओमिक्रोन भेरियन्टले थप त्रसित बनाएको छ । पछिल्लोपटक देखिएको ओमिक्रोन नामकको भेरियन्टका कारण बेलायत, नेदरल्यान्ड्सजस्ता यूरोपेली मुलुकहरूमा आपतकाल मात्र होइन, बन्दाबन्दीको घोषणा नै भइसकेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को पछिल्लो जानकारीअनुसार नेपाल, भारतसहित विश्वका ९० भन्दा बढी मुलुकमा ओमिक्रोनको संक्रमण देखापरेको छ । ओमिक्रोन प्रत्येक डेढदेखि ३ दिनको अवधिमा दोब्बर विस्तार हुँदै जाने हुँदा यो तीव्ररूपमा फैलिएको देखिन्छ । कोभिड संक्रमणको यस्तो महामारीबाट बच्न हरसम्भव प्रयास गर्नु अहिलेको विश्वव्यापी चिन्ता हो । कोभिडबाट युवा, बालबालिका, वृद्ध सबै उमेरका मानिस प्रभावित भएका छन् ।

दिनप्रतिदिन नयाँ प्रकारका भेरियन्ट देखा परेका कारण सिङ्गो विश्व नै तनावग्रस्त बन्न पुगेको हो । यसले विश्वभरि नै लाखौंको ज्यान लिइसकेको छ । भविष्यमा कुन प्रकारको भेरियन्ट देखा पर्ने हो थप त्रास र चिन्ता बढेको छ । यता नेपालमा पनिस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कदम चाल्न मातहतका निकाय र स्थानीय तहहरुलाई निर्देशन समेत दिइसकेको छ ।

जनस्वास्थ्यविद्हरुले पनि माघको दोस्रो सातादेखि कोरोनाको तेस्रो लहर आउन सक्ने आँकलन गरिरहेका छन् । यदि तेस्रो लहर आएमा यसको पहिलो प्रभाव बालबालिकाहरुमा पर्ने अनुमान गरिएको छ । ओमिक्रोन आफैंमा डेल्टा भन्दा कडा नभएपनि पहिलोमा भन्दा दोस्रो लहरमा बढी बालबालिका प्रभावित बनेका छन् ।

‘मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम’ का कारण अस्पताल भर्ना हुने बालबालिका बढी देखिएको चिकित्सकहरु बताउछन् । खोप लगाएकालाई समस्या कम भएको देखिएको सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले बताए । उनका अनुसार जसले खोप लगाएको छैन उसलाई जोखिम रहेको छ । डा. पुन भन्छन् – पहिलो सावधानी भनेको खोप लगाउनु नै हो, अहिले आइरहेका समाचारहरुको आधारमा पनि यसबेला हामीले बालबालिकालाई दिइरहेको खोपलाई तीव्रता दिनुपर्छ । कुनै पनि कारणले खोप दिन रोक्नुहुन्न । यो खोप लगाउने एकदम उपयुक्त अर्थात् ‘गोल्डेन टाइम’ हो ।

अहिले ओमिक्रोन व्यापक नभइसकेको र विद्यालयहरु खोलिएको अवस्था छ । बालबालिकाहरु विद्यालय गइरहेको, यो बेला खोप लगाउन पायौं भने ओमिक्रोनबाट आउने थप समस्या धेरै कम हुने देखिएको छ । बालबालिकालाई खोप लगाई नसकी ओमिक्रोनले आफ्नो उपस्थिति जनाउन थाल्यो भने जटिल समस्या आउन सक्ने उनि बताउछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board