२४ घण्टामा ३ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप : उकालो लाग्दै कोभिड संक्रमितको संख्या

काठमाडौं, २० पुस । बितेको २४ घण्टामा ३ लाख बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएअनुसार ३ लाख १६ हजार ७७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । खोप अभियान सुरु भएदेखि अहिलेसम्म २ करोड ५२ लाख ७५ हजार २५४ जनालाई खोप लगाइएको छ भने त्यसमध्ये १ करोड ७ लाख १० हजार ७२१ जनाले पूर्ण डोज खोप लगाएका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको स्याम्पल परीक्षण गर्दा ३९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २६३ जना निको भएका छन् । यस्तै बितेको २४ घण्टामा ३ जना कोरोना संक्रमितको ज्यान समेत गएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ८ लाख २९ हजार ६३२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ३१८ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये कुल ८ लाख १२ हजार ९३७ जना संक्रमण मुक्त हुँदा ११ हजार ६०१ जनाको मृत्यु भएको छ । देशमा कोरोना निको हुने दर ९८ प्रतिशत रहेको छ भने क्वारेन्टाइनमा ९८ जना रहेका छन् । यस्तै देशभर सक्रिय संक्रमित ५ हजार ९४ जना रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board