काठमाडौँ , २१ पुस । विश्वभर कोरोना संक्रमितको कूल संख्या साढे २९ करोड नाघेको छ । ओल्डोमिटरकाअनुसार पछिल्लो २४ घण्टामा २० लाख ५३ हजारभन्दा धेरै संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २९ करोड ५३ लाख १४ हजार नाघेको हो ।
आज थपिएको संख्या अहिलेसम्मकै सर्वाधिक हो । पछिल्लो केही सातायता यूरोपमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको हो । थपिनेमध्ये अमेरिकामा मात्रै ५ लाख ४३ हजार ५०० जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी फ्रान्समा २ लाख ७१ हजार, बेलायतमा २ लाख १८ हजार, इटलीमा एक लखा ७० हजार, स्पेनमा एक लाख १७ हजार भेटिएका छन् ।
यसैगरी अर्जेन्टिनामा ८१ हजार, टर्कीमा ५४ हजार, भारतमा ५१ हजार, जर्मनीमा ४३ हजार, क्यानडामा २५ हजार थपिएका हुन् ।
यही अवधिमा ६ लाख ४७ हजार संक्रमणमुक्त भएका छन् भने ६ हजार ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुसमा ८३४, अमेरिकामा एक हजार ७५६, जर्मनीमा ३९७, फ्रान्समा ३५१, इटलीमा २२२ र टर्कीमा १३७ जना छन् । कोरोनामुक्त हुनेमा अमेरिकामा एक लाख २६ हजार, फ्रान्समा ६५ हजार, जर्मनीमा ५३ हजार, बेलायतमा ४९ हजार, इटलीमा ३० हजार, रुसमा २७ हजार र टर्कीमा २६ हजार छन् ।
COMMENTS