काठमाडौं, २२ पुस । भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । एकैदिन ९० हजार ९ सय २८ नयाँ संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अघिल्लो २४ घण्टामा भारतमा कोरोनाका नया“ संक्रमितको संख्या ५८ हजार थियो । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसंगै भारतमा कोरोनाको तेस्रो लहर फैलिएको हो । पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा मात्र २६ हजारभन्दा धेरै नया“ संक्रमित थपिएका छन् ।
त्यस्तै पश्चिम बंगालमा १० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने दिल्लीमा नयाँ संक्रमितको संख्या १० हजारभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण ३ सय २५ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित एक जनाको मृत्यु भएको छ ।
भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो । राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक वृद्धको मृत्यु हो । उनमा डायबिटिज लगायतका स्वास्थ्य समस्या थियो ।
COMMENTS