एप्पलले यो वर्ष यस्ता सामान ल्याउँदै

काठमाडौं, २५ पुस । एप्पलले सन् २०२१ मा थुप्रै उपकरणहरू सार्वजनिक गर्‍यो। अब सन् २०२२ मा पनि केही नयाँ उपकरण सार्वजनिक गर्न कम्पनी तयारी अवस्थामा छ।

म्याकरूमर्सका अनुसार कम्पनीले सन् २०२२ को मार्च वा अप्रिलमा यो वर्षको आफ्नो पहिलो उपकरण सार्वजनिक गर्नेछ। लगत्तै अन्य उपकरणहरू पनि सार्वजनिक गर्दै जानेछ। तीमध्ये तेस्रो जेनको आइफोन एसई, आइम्याक, म्याकबुक प्रो, आइप्याड–प्रो, हेडसेटलगायत हुनेछन्।


हेरौं एप्पलले सन् २०२२ मा प्रयोगकर्ताहरूका लागि के–के उपकरण सार्वजनिक गर्दैछः

१। आइफोन–१४ः

एप्पल पारखीहरू यति बेला नयाँ आइफोनको प्रतिक्षामा छन्। हालसम्म यसको सार्वजनिक मिति तय नभए पनि आइफोन–१४ मा इन डिस्प्ले पन्च होल हुने बताइएको छ। त्यस्तै यसमा ४८ मेगापिक्सलको मुख्य क्यामरा हुने बताइएको छ।


२। फाइभ–जी चल्ने आइफोन एसईः

ताइवानी अनुसन्धान फर्म ट्रेन्डफोर्सका अनुसार एप्पलले सन् २०२२ को पहिलो त्रैमासमै तेस्रो पुस्ताको आइफोन एसई सार्वजनिक गर्ने योजना बनाएको छ। खबर सही भए आइफोन एसई यही मार्च अन्त्यमा सार्वजनिक हुनेछ।

यो एप्पल एसईमा ४.७ इन्चको डिस्प्ले, टच आइडी होम बटन हुने एप्पल विश्लेषक मिङ(ची कुओले दाबी गरेका छन्। उनका अनुसार यो आइफोनमा ५ जी चल्नेछ र यसमा तुलनात्मक हिसाबले छिटो प्रोसेसर समावेश हुनेछ। हालसम्मको जानकारी अनुसार यसमा आइफोन १३ संस्करणमा प्रयोग भएको ए १५ चिप प्रयोग हुनेछ।

३। २७ इन्चको आइम्याकः

सन् २०२२ को छ महिनाभित्र एप्पलले मिनी एलइडी डिस्प्लेसहितको २७ इन्चको आइम्याक सार्वजनिक गर्ने बताइएको छ। नयाँ २७ इन्च आइम्याकले प्रो–मोसनलाई समर्थन गर्नेछ जसले गर्दा १२० हर्जसम्मको रिफ्रेस रेट प्रदान गर्नेछ। योसँगै प्रयोगकर्ताले सहज स्क्रोलिङ अनुभव पाउन सक्नेछन्।

म्याकरूमरमा उल्लेखअनुसार यो एप्पल २७ आइम्याकमा २४ इन्च आइम्याकमा भएजस्तै विशेषताहरू समावेश गरिनेछ। तर पहिलेको तुलनामा यो गाढा थिममा उपलब्ध हुनेछ। यसमा एम १ प्रो र एम १ म्याक्स चिप प्रयोग हुनेछ। यही चिप १४ इन्च र १६ इन्चको म्याकबुक प्रोमा जडित थियो।

४। हाइ-इन्ड म्याक मिनीः

एप्पलले सन् २०२२ एम १ प्रो र एम १ म्याक्स चिप्सद्वारा सञ्चालित नयाँ हाइ–इन्ड म्याक मिनी जारी गर्ने अनुमान छ। र, यो मार्च वा अप्रिलमा सार्वजनिक हुने आइम्याकसँगै सार्वजनिक हुने अनुमान छ।

कम्पनीले सन् २०२० नोभेम्बरमा मात्रै एम १ चिप प्रयोग गर्दै म्याक मिनी अद्यावधिक गरेको थियो। तर त्यस बेला यसले सबै खाले सुविधा अद्यावधिक गरेको थिएन।

। म्याक प्रो र म्याकबुक एयरः

एप्पलले सन् २०२२ मा नयाँ म्याक प्रो सार्वजनिक गर्दैछ। कम्पनीले नयाँ डिजाइन र थप विशेषताहरूसहित म्याक प्रो सार्वजनिक गर्ने तयारीमा रहेको टम्सगाइडमा उल्लेख छ। म्याकबुक एयर २०२२ मा भने एम २ चिप प्रयोग गर्ने बताइएको छ।

६। एप्पल वाचः तीन नयाँ मोडल

सन् २०२२ मा एप्पलले तीनवटा मोडलमा एप्पल वाच ९घडी० सार्वजनिक गर्ने तयारीमा छ। यी घडीहरू एप्पल वाच एसई, एप्पल वाच ८ र नयाँ रग्ड संस्करणको अद्यावधिक हुने बताइएको छ।

७। एप्पल एआरर भिआर हेडसेट

एप्पल यति बेला आफ्नो पहिलो भर्चुअल रियालिटी हेडसेट सार्वजनिक गर्ने तयारीमा छ। यसमा एप्पल सिलिकन, हातको इसाराले नियन्त्रण गर्न सकिने र अब्जेक्ट डिटेन्सन जस्ता विशेषताहरू छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board