२५ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएकाे हो । संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना रहेका छन् । मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पीसीआर टेष्टमा औषतमा संक्रमणदर ९.५ प्रतिशत पुगेको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३० हजार ४ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६०४ पुगेको छ भने ८ लाख १४ हजार २३० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ जना रहेका छन् ।
यस्तै पछिल्लाे घण्टामा सम्म दुई जनाकाे मृत्यु भएकाे जनाएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४९१, ललितपुरमा ९९, मोरङमा ५१, भक्तपुरमा २५, कास्कीमा २४ र रुपन्देहीमा ११ जनामा कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
COMMENTS