२८ प्रहरी र दश थुनुवालाई कोरोना संक्रमण देखियाे

काठमाडौं, ३ माघ । काठमाडौं प्रहरी परिसर, टेकु र अन्तर्गत कार्यरत प्रहरीमध्ये २८ जनालाई कोरोना भाइरस संक्रमण भएको छ ।

पछिल्लो साता लक्षण देखिएपछि गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएकाे काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् । उनका अनुसार मातहतका हिरासतमा रहेका दश थुनुवा पनि संक्रमित देखिएका छन् । उनीहरुलाई कीर्तिपुरस्थित सामुदायिक आइसोलेसन सेन्टरमा राखिएको मैनालीको बताए । काठमाडौं प्रहरी मातहत राजधानीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा १४ वटा प्रहरी वृत्त र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा नाै प्रभाग रहेका छन् । सई र हवल्दारको नेतृत्वमा थप २० वटा कार्यालयसहित २९ वटा युनिट रहेकाे बताएका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालका प्रवक्ता विष्णुकुमार केसीका अनुसार हालसम्म ६० हजार ५९७ जना प्रहरी कर्मचारीले पहिलो र ४८ हजार ४४५ जना जनाले दुवै डोज कोभिड–१९ विरुद्धको खोप लगाएका जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board