जिल्ला र इलाका प्रशासनको सेवा स्थगित

परासी, ४ माघ । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले एक हप्ताका लागि सेवा प्रवाह स्थगित गरेको छ ।

कार्यालयमा कार्यरत प्रशासकीय अधिकृतसहित दुई जना कर्मचारीमा कोभिड– १९ पुष्टि भएको कार्यालयले जनाएकोे छ । कार्यालयबाट प्रवाह गरिने अत्यावश्यक बाहेक अन्य सेवा आगामी माघ नौ गतेसम्म स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।
नागरिकता, नागरिकता प्रतिलिपि, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवा स्थगित गरिएको उनले बताए । जिल्ला प्रशासन कार्यालयमा दैनिक दुई/तीन सय सेवाग्राही नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउनका लागि आउने गरेका छन् ।

इलाका प्रशासन कार्यालय सेमरीलेसमेत अत्यावश्यक सेवा स्थगित गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकोले आगामी माघ ९ गतेसम्म सेवा प्रवाह स्थगित गरिएको कार्यालय प्रमुख मनोज सुवेदीले जानकारी दिए । पछिल्लो पटक जिल्लामा कोराना सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा १०० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board